नाइजेरियाली सेनाद्वारा एक हप्तामा १८७ आतंककारीको हत्या

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । नाइजेरियाली सेनाले गत हप्तामा देशभर आपराधिक समूहहरू विरुद्धको विभिन्न अपरेसनहरूमा १८७ आतंककारीको हत्या गरेको अधिकारीहरुले बताएका छन् । नाइजेरियाको राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाका प्रवक्ता एडवर्ड बुबाले यस अवधिमा पश्चिम अफ्रिकी देशका विभिन्न भागबाट अन्य १८३ जनालाई पक्राउ गरिएको बताउनु भयो ।

कम्तिमा १०९ जना बन्धकहरूलाई आपराधिक गिरोहबाट मुक्त गरिएको थियो । जसमा १२८ वटा विभिन्न हतियार र ३ हजार ३ सय विभिन्न गोला बारुदहरु पनि बरामद भएको बताइएको छ । जसमा ८० एके-४७ राइफल र १५ वटा स्थानीय बनावटी बन्दुकहरू छन् ।

सेनाका प्रवक्ताले देशभरका अपरेसनहरू सफल भएको बताउनुभएको छ । उत्तरपूर्वी क्षेत्रमा मात्र सेनाले ९७ संदिग्ध आतंककारीहरूलाई मारेको र यस अवधिमा ४५ संदिग्धहरूलाई गिरफ्तार गरेको बताइएको छ ।

ADVERTISEMENT

प्रवक्ताले एक हप्ताको अवधिमा १८७ आतंककारीलाई निष्प्रभावी गरेको बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज