टर्की प्रहरीद्वारा ५ दिनमा ४ हजार ४६६ फरार व्यक्तिलाई पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । टर्किएभर सञ्चालन गरिएका विभिन्न अपराध नियन्त्रण अभियानका क्रमा टर्की प्रहरीले ४ हजार ४ सय भन्दा बढी फरार व्यक्तिहरू पक्राउ परेका छन् । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले टर्की प्रहरीले गत पाँच दिनमा ८१ प्रान्तमा विभिन्न अपरेशनहरूमा ४ हजार ४६६ फरार व्यक्तिलाई पक्राउ गरेको बताउनु भयो ।

यी व्यक्तिहरू सडक खोजी, घर र कार्यस्थल छापा, र पहिचान जाँचको क्रममा पक्राउ परेका थिए । पक्राउ परेकामध्ये चार हजार ४३६ जना पाँच वर्षसम्म, १९ जना पाँचदेखि १० वर्ष र ११ जना १० वर्षभन्दा बढी फरार रहेको मन्त्रीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

पक्राउ पर्नेमा लागुऔषध कसुरमा ७ सय १८, चोरी ६ सय ९१, तस्करी तथा संगठित अपराधमा ४ सय ३४, ठगीमा ३ सय ८३, लुटपाटमा १ सय ५९, यौन अपराधमा १ सय १६, आतंकवादी कसुरमा ८५ र नियतवश हत्यामा ७९ जना परेका छन् । टर्की मन्त्रीका अनुसार यस अपरेसनमा पुलिस, जेंडरमेरी र कोस्ट गार्ड टोलीको सहभागिता रहेको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज