धनगढी । विभिन्न प्रतियोगितामा सहभागी भई मेडल जितेका तेक्वान्दो खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । धनगढीस्थित चैतन्य पाठशाला तेक्वान्दो डोजाङको दोस्रो वार्षिकोत्सवका अवसरमा खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत हुनेमा आयुष्मान सिंह, पुष्प बम, सम्राट खड्का, आदेश खड्का, विपिन बोहरा, अंकुुश विष्ट रहनुभएको छ । यसैगरी, किशोर खड्का, सागर थापा, गौतम भट्ट, विराज बोहरा, विवेक विष्ट, केडी शाही र वर्षा कुँवर पनि पुरस्कृत हुनुभएको छ । त्यस्तै, अनुशासित खेलाडीको सम्मान पवननाथ योगी र समर्पित खेलाडीको सम्मान नेत्र कार्कीले प्राप्त गर्नुभयो ।






