मनहरीमा मिलन-धर्मराज स्मृति फुटबल प्रतियोगिता, विजेताले एक लाख पाउने

मन्जिता मैनाली मकवानपुर, संवाददाता
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 3 mins

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानीमा मिलन-धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सिम्पानी युथ क्लवको आयोजनामा यहि असार २० गतेबाट मनहरी ८ सिम्पानीमा हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष किरण सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले नगद ५ हजार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

गत २०७९ पुस २८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सिम्पानी युथ क्लवका खेलाडीद्वय मिलन र धर्मराज मोक्तानको स्मृतिमा क्लवले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताका लागि करिब ७ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक प्रकाश लामाले बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमले १८ गतेसम्म आयोजकलाई सम्पर्क गर्न सक्नेछन् ।

टिम दर्ता शुल्क ७ हजार ५ सय तोकिएको छ । प्रतियोगिताको लागि प्रथम र द्वितीय पुरस्कार मिलन-धर्मराजको परिवारले उपलब्ध गराउने भएको छ । मनोज मोक्तानले खेलका लागि डेढ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै खेललाई प्रत्येक वर्ष निरन्तरता दिन अनुरोध गर्नुभयो ।

मनहरी गाउँपालिका खेलकुद विकास समितिका संयोजक बीरु लामाले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो। यस फुटबल प्रतियोगिताका लागि मनहरी गाउँपालिकाले खेल सामग्री सहयोग गराउनेछ भने अन्य विभिन्न व्यक्ती तथा संघसंस्थालाई सहयोगका लागि अनुरोध गरिएको क्लवका राजेन्द्र मोक्तानले बताउनुभयो । खेलमा करिब १६ टिमको सहभागिता हुने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?