काठमाडौं । आईसीसी टी२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले कारबाही गरेको छ।
आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै आईसीसीले उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो।
नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो। नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकै बीच अनावश्यक विवाद गरेका थिए। तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २।१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ।
२.१२ को व्यवस्था खेलाडी, उनीहरुका सहयोगी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्ति (दर्शक समेत)सँग अन्तर्राष्ट्रिय खेलका दौडान अस्वाभाविक शारीरिक स्पर्शसँग सम्बन्धित छ।
आईसीसीका मैदानमा रहेका अम्पायरद्वय अहसन राजा र साम नोगाज्स्कीसँगै तेस्रो अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनाले उक्त कारबाही गर्नुपर्ने ठहर गरेका थिए।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts