काठमाडौं । आईसीसी टी२० विश्वकप अन्तर्गत नेपालले आठौं ओभरमा दुई विकेट गुमाएको छ।
पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो।
नेपालको दुई विकेट दक्षिण अफ्रिकाका तबरेज शम्सीले लिनुभएको हो । कुशल भुर्तेलले २१ बलको सामना गर्दै १२ रन बनाउनु भयो भने कप्तान पौडेल २ बल खेल्दै शून्यमा आउट हुनुभयो।
दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपालले अब ब्याटिङ गर्दैछ। दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर नेपाललाई ११६ रनको चुनौती दिएको हो।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता