काठमाडौं । आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई एक सय १६ रनको लक्ष्य दिएको । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।
टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।
कुशल भुर्तेलले पनि ४ विकेट हात पारे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता