निर्देशक रिमेश अधिकारी र सभामुख घिमिरेबीच भेटघाट,‌ चलचित्र ‘नालापानी’ बारे छलफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । ऐतिहासिक चलचित्र नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले आईतवार सभामुख देवराज घिमिरेसंग भेटघाट गरेका छन् ।

भेटघाटको क्रममा सभामुख तथा निर्देशक अधिकारीबीच ऐतिहासिकचलचित्र ‘नालापानी’ को विषयमा छलफल भएको छ ।

यहि साउन १८ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको यो फिल्मको मिति नजिकिँदै गर्दा प्रसार प्रचारलाई तिब्र बनाउँदै देशका सम्पूर्ण नेताहरुलाई चलचित्र देखाउने निर्देशक अधिकारीको योजना छ ।

ADVERTISEMENT

सभामुख घिमिरेसंग ४० मिनेट लामो छलफलका क्रममा फिल्मको विषयवस्तु प्रस्ट्याउँदै यो नेपालकै गर्विलो ईतिहास भएकाले यो फिल्मलाई राज्यले पूर्ण सहयोग गरिनु पर्ने सभामुखलाई आग्रह गरेका‌ छन् ।

त्यसक्रममा सभामुख घिमिरे अत्यन्तै सकारात्मक रहनु भएको र आफ्नो पुर्णरुपमा साथ सहयोग रहने बताउनुभएको निर्देशक अधिकारीले बताए ।

नालापानी देशकै गर्विलो ईतिहास हो, नालापानी फिल्मले राष्ट्रियता जगाउने प्रेम बडाउने, देशप्रतिको दायित्व बोध गराउने उद्देश्यका साथ निर्माण गरिएको र यो ईतिहास फिल्मको माध्यमबाट यूगौँ गूगसम्म जिउँदो बनाउने उद्देश्य रहेको निर्देशक अधिकारीले सभामुखलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?