काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा नीता ढुंगाना, अनुबन्धित हुनुभएको छ । बाल गायक अशोक दर्जी मुख्य पात्र रहेन यो चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापालगायत कलाकारको अभिनय रहनेछ । अन्य केही प्रमुख कलाकारहरू अझै फाइनल हुन बाँकी रहेको र अब केही दिनमा नै फाइनल हुने बुढाथोकी जानकारी गराउनुभयो ।
चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैंले लेख्नुभएका हो भने पटकथा र संवाद शिवम् अधिकारीले लख्नुभएको छ । छिट्टै फ्लोरमा जाने यो चलत्रिमा सौरभ लामाको छायांकन हुनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुनेचलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता