
लण्डन । युरोपा कन्फ्रेन्स लिगको उपाधि ग्रिस क्लब ओलम्पियाकोसले जितेको छ । ग्रिसको ओपिएपी एरेनामा बुधबार राती सम्पन्न खेलमा इटालियन क्लब फियोरेन्टिनालाई १-० ले पराजित गर्दै ओलम्पियाकोसले उपाधि जितेको हो । ओलम्पियाकोस युरोपेली फुटबलको उपाधि जित्ने पहिलो ग्रिक क्लब भएको छ । ओलम्पियाकोसको जितमा अयुब एल काबीले निर्णायक गोल गर्नुभयो ।
उहाँले खेलको ११६औँ मिनेटमा गोल गर्नुभएको थियो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा प्रवेश गरेको थियो । त्यसकै ११६औँ मिनेटमा मोरक्कोका स्ट्राइकर अयोब एल काबीले निर्णायक गोल गर्नुभएको हो ।
यसअघि सन् १९७१ मा ग्रिकको प्याथानाइकोज नै युरोपियन कपको फाइनल पुगेको थियो तर त्यसमा आयाक्ससँग पराजित भएको थियो । सन् २०२१ देखि सुरु भएको युरोपा कन्फ्रेन्स लिग युरोपेली क्लब फुटबलको तेस्रो ठूलो प्रतियोगिता हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच