प्रेस चाैतारी नेपालको २६औँ स्थापना दिवसमा कालीकोटमा वृक्षारोपण

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ ।

विसं २०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरी २६ औं स्थापना दिवस मनाएको छ ।

संस्था स्थापना दिवसको अवसरमा प्रेस चोैतारी नेपाल कालीकोटले सोमबार कालीकोटको पर्यटकीय क्षेत्र कोटदरबार क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरेको छ । डिभिजन वन कार्यालय कालीकोटको सहयोगमा ओखरका विरुवाहरु कोटदरबार क्षेत्रमा वृक्षारोपण गर्दै २६ ओैँ स्थापना दिवस मनाएको हो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा कालीकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाको अध्यक्षता, नेकपा एमाले कालीकोटका नेता रमेश कुमार शाहीको प्रमुख आथित्यता तथा डिभिजन वन कार्यालय कालीकोटका प्रमुख रमेशराज गिरीको विशेष आथित्यतामा वृक्षारोपण गरिएको बताइएको छ ।

ADVERTISEMENT

कालीकोट जिल्लाको पर्यटयिक क्षेत्र कोटदरबार क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न अवसर पारी वृक्षारोपण गरेपनी विरुवाहरुको संरक्षण नहुँदा बर्षेनी वृक्षारोपण गर्नुपर्ने अवस्था आएको नेकपा एमाले कालीकोटका नेता रमेश कुमार शाहीले बताउनुभयो । शाहीले विरुवा रोपेपनी संरक्षण गर्न स्थानीय सरकार तथा डिभिजन वन कार्यालयको सहयोग आवश्यकता परेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको ।

प्रेस चौतारी नेपाल कालीकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाले देशभर जस्तै स्थापना दिवसको अवसरमा संगठनले विभिन्न कार्यक्रम गर्ने गरेकाले कालीकोटमा प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा कोटदरबार क्षेत्रमा वृक्षारोपण गरेको बताउनुभयो । सिम्खाडाले हामीले रोपेका विरुवाहरु संरक्षण गर्न हप्ताको एक दिन हेरफेर तथा गोडमेल गर्न संगठनका सदस्यहरुलाई पठाउने प्रतिबद्ध समेत जनाउनु भएको छ ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ता, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, प्रदेश सदस्य एवं चौतारीका जिल्ला कमिटि सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल कालीकोटका सचिव डिल्ली प्रसाद चौलागाईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज