झापाको भवनचोकमा कार दुर्घटना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-राजेन्द्र गाैतम

झापा । झापाको बिर्तामोड-१ को भगवानचोक कल्भर्ट नजिक एउटा कार पल्टिएको अवस्थामा भेटिएको छ।

स्थानीयले आइतबार बिहान कार कल्भर्टमुनी दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रदेश १-०२२००२ च ६५०४ नम्बरको उक्त कार रोहन लोहनीको भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ADVERTISEMENT

लोहनी सुनसरीको इटहरीतिरका व्यक्ति भएको बताइए पनि ट्राफिक प्रहरीले ठेगानामा स्पष्ट खुलाएको छैन । सो कार आइतबार बिहान १ बजेतिर नजिकै रहेको होटल किङ्सबेरीबाट निस्किएर पश्चिम लागेको केही मिनेटमा नै पल्टिएको बताइएको छ ।

कार पल्टिएको अवस्थामा भेटिएपनि कोही पनि घाइते नभएको ट्राफिक प्रहरीले जनाएको छ । चालकले मादक पदार्थ सेवन गरेर चलाएकोले कार पल्टिएको हुन सक्ने ट्राफिक प्रहरीकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?