
लण्डन । ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने हुनुभएको छ । ३९ वर्षीय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गर्नुभएको छ । उहाँको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिँदैछ । अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उहाँ चेल्सीबाट बाहिरिने हुनुभएको हो । उहाँ २०२० मा पिएसजीबाट फ्री-ट्रान्सफरमा चेल्सी आउनुभएको थियो ।
चेल्सी छोड्ने घोषणा गर्दै सिल्भाले चेल्सी आफ्नो परिवारजस्तै रहेको र आफूले क्लबको सफलताका लागि सबथोक गरेको प्रतिक्रिया दिनुभएको छ । भावुक हुँदै सिल्भाले आफू कुनै दिन चेल्सीमा फर्किने दाबी पनि गर्नुभयो ।
सिल्भाले २०२० देखि अहिलेसम्म चेल्सीका लागि १५१ खेल खेल्नुभएको थियो भने ९ गोल पनि गर्नुभएको थियो । यस अवधिमा चेल्सीका लागि उहाँले एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप, एक फिफा क्लब विश्वकप जित्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच