एक्सन एड नेपालको ४० औँ वार्षिकोत्सव

फाइल तस्वीर

फाइल तस्वीर

Read Time = 2 mins

काठमाडौं । एक्सन एड अन्तर्राष्ट्रिय नेपालको १९औँ राष्ट्रिय सामाजिक लेखाजोखा र संस्थाको ४०औँ वार्षिकोत्सव मंगलबार काठमाडौंमा आयोजना हुने भएको छ । सामाजिक लेखाजोखा कार्यक्रममा एक्सन एड अन्तर्राष्ट्रिय नेपालले सन् २०२२ मा सम्पन्न गरेका कार्यक्रमको लागत, प्रभावकारिता र उपलब्धि प्रस्तुति तथा छलफल गरिने जनाएको छ ।

साथै विगत ४० वर्षदेखि गर्दै आएको कामबाट प्राप्त उपलब्धि पनि प्रस्तुत गरिने बताइएको छ । आयव्यय विवरणअन्तर्गत सन् २०२२ मा संस्थाको वार्षिक बजेट ४० करोड १९ लाख नौ रहेकोमा कुल खर्च ३१ करोड दुई लाख ९२ हजार भएको र उक्त खर्चमध्ये कार्यक्रमतर्फ ३१ करोड ९९ लाख ६५ हजार अर्थात् ८३ प्रतिशत, कोष अभिवृद्धितर्फ एक करोड ८८ लाख दुई हजार अर्थात् चार प्रतिशत, सुशासनतर्फ ४५ लाख ३९ हजार अर्थात् एक प्रतिशत र कार्यालय सहयोग तथा व्यवस्थापनतर्फ पाँच करोड ६८ लाख ९३ हजार अर्थात् १३ प्रतिशत खर्च भएको विवरण प्रस्तुत गरिने एक्सन एड नेपालले जनाएको छ ।

ADVERTISEMENT

एक्सन एड नेपाल नेपालमा गरिबीको अवस्था तथा सीमान्तकृत वर्गको हक, हित र उत्थानका लागि मानवअधिकारमुखी पद्धतिलाई अवलम्बन गरी विगत ४० वर्षदेखि गरिबी निवारण, सामाजिक न्याय र समानता तथा समताको पक्षमा क्रियाशील संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज