काठमाडौं । राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी पुनम चन्द शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित हुनुभएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा उहाँलाई ५० हजार रुपैयाँले सम्मान गरिएको हो ।
पुनम नेपाल पुलिस क्लबकी महत्वपूर्णखेलाडी हुनुहुन्छ । राष्ट्रिय महिला टोलीले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्दा होस् वा पहिलोपटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि जित्दा उहाँ टोलीकी सदस्य हुनुहुन्थ्यो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता