काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा बेन ह्वाइट र काइ हाभेर्टले २–२ गोल गरेका थिए भने एक गोल लीन्द्रो ट्रोसार्डले गरेका थिए । यो जितपछि आर्सनलको ३४ खेलमा ७७ अंक भएको छ र हाल शिर्ष स्थानमा कायम रहेको छ ।
त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३३ खेलमा ७४ अंक रहेको छ र दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी चेल्सीको भने ३२ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts