एजेन्सी । इण्डियन प्रिमियर लिग २०२४ मा चेन्नइ सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी आइपिएलमा अहिलेसम्मका कुनै पनि खेलमा आउट हुनुभएको छैन । आइपिएल २०२४ मा चेन्नइ सुपर किंग्सले अहिलेसम्म आठ खेल खेलेको छ ।
चेन्नइले अहिलेसम्म खेलेका आठ खेलमध्ये धोनीले ६ खेलमा ब्याटिङ गर्नुभएको छ । दुई खेलमा भने उहाँ ब्याटिङ गर्न क्रिजमा जानुभएन । धोनीले ब्याटिङ गर्न गएका यी ६ खेलमा उहाँ सबै इनिङमा नटआउट रहनुभयो ।
यी ६ इनिङमा धोनीले कुल ३५ बल खेल्नुभएको छ र उहाँले ९१ रन बनाउनुभएको छ । यस क्रममा उहाँले आठ चौका र आठ छक्का हिर्काउनुभएको छ । आइपिएल २०२४ मा धोनीले २६० को स्ट्राइक रेटमा रन बनाउनुभएको छ ।
२०२४ को सिजनमा चेन्नइले पहिलो खेल रोयल च्यालेन्जर्स बेंग्लोरसँग खेलेको थियो । यो खेलमा धोनीले ब्याटिङ गर्नुभएन । गुजरात टाइटन्ससँग खेलिएको दोस्रो खेलमा पनि धोनीले ब्याटिङ गर्नुभएन ।
चेन्नइको तेस्रो खेल दिल्ली क्यापिटल्सविरुद्ध थियो । यो खेलमा धोनीले १६ बलमा ३७ रन बनाएर नटआउट रहनुभयो । चौथो खेलमा सनराइजर्स हैदराबादविरुद्ध दुई बलमा एक रन बनाएर नटआउट रहनुभयो ।
चेन्नइले पाँचौँ खेल कोलकाता नाइटराइडर्सविरुद्ध खेल्यो । यो खेलमा धोनीले तीन बलमा एक रन बनाएर नटआउट रहनुभयो । छैटौँ खेलमा चेन्नइ मुम्बई इण्डियन्ससँग भिड्दा धोनीले चार बलमा २० रन बनाएर नटआउट रहनुभयो ।
सातौँ खेलमा चेन्नइले लखनउ सुपरजाइन्ट्सको सामना गरेको थियो । यो खेलमा धोनी नौ बलमा २८ रन बनाएर नटआउट रहनुभयो भने आठौँ खेल पनि चेन्नइले लखनउसँग नै खेल्यो । यो खेलमा धोनीले एक बलमा चार रन बनाएर नटआउट रहनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts