भोजपुर । भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत बुधवार भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटवल संघलाई घरेलु मैदानमै हराउँदै चर्च व्बाइज युनाइटेड काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ ।
आयोजक भोजपुरको टिमलाई ३–० गोलले पराजित गर्दै चर्च व्बाइज युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो । भोजपुर नगरपालिका वडा नम्वर सात, कोदार रंगशालामा संचालन भएको खेलमा चर्च व्बाइज युनाइटेडका तर्फबाट जर्सी नम्वर ३ का इलारा एस डिक्काले खेलको ५ औै मिनेटमा पहिलो गोल गरेका थिए । यसैगरी जर्सी नम्वर ७ का अबोयोमीले खेलको ११ औ मिनेटमा दोश्रो गोल र जर्सी नम्वर ११ का नविन लामाले खेलको ७७ औं मिनेटमा तेश्रो गोल गरेका थिए । प्रयास गर्दा गर्दे पनि आयोजक भोजपुर जिल्ला फुटवल संघको तर्फबाट कुनै पनि गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच चर्च व्बाइज युनाइटेड काठमाडौैका जर्सी नम्वर ११ का खेलाडी नविन लामा भएका छन् । उनले नगद पाँच हजारका साथमा मेडल पाएका छन् ।
प्रतियोगिता अन्तर्गतको आइतवारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटवल क्लवलाई ४–० गोल गर्दे सेमीफाइनल प्रवेश गरेको छ भने सोमवारको दोश्रो खेलमा राजारानी फुटवल क्लवलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मंगलवार भएको तेश्रो खेलमा डाँगीहाट यूथ क्लव मोरङलाई४–० गोलले पराजित गर्दे सलहेश युवा क्लव सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लब सहित जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, चर्च व्बाइज युनाइटेड काठमाण्डौ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटवल संघले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
बिहिवारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाण्डौ र खोटाङ भगवती स्पोर्ट्स क्लब बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो । फाइनल खेल आगामी बैशाख १५ गते हुने छ । करिव ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको
छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts