
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले ग्रिन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण गरेको छ । नेपालमै पहिलो ग्रिन हाइड्रोजन उत्पादन गरी इन्धनका रूपमा रिफ्युलिङ स्टेसनमा भण्डारण गरेर इन्धनका रूपमा हाइड्रोजन गाडीमा भर्ने प्रविधिको परीक्षण गर्न सफल भएको केयुका सहप्राध्यापक एवं ग्रिन हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले बताउनुभएको छ । रिफ्युलिङ स्टेसन परीक्षणपछि हाइड्रोजन कारमा ग्रिन हाइड्रोजनलाई इन्धनका रूपमा भर्न सुरु गरिएको उहाँले बताउनुभयो । थापाका अनुसार ग्रिन हाइड्रोजनमा केयुले गरेको परीक्षण निकै ठूलो उपलब्धि हो, जसबाट नेपाल ग्रिन हाइड्रोजनलाई ऊर्जाका रूपमा उपयोग गर्ने दिशामा एक कदम अघि बढेको छ ।
आगामी हिमालयन हाइड्रो एक्स्पोमा हाइड्रोजन गाडी प्रदर्शनमा राख्ने र एक्स्पो उद्घाटनकै क्रममा राष्ट्रपति पौडेललाई हाइड्रोजन गाडीमा सवार गराउने केयुको तयारी छ ।
नवनिर्मित ग्रिन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन चाँडै प्रधानमन्त्रीबाट औपचारिक उद्घाटन गराउने र सोही क्रममा प्रधानमन्त्रीलाई हाइड्रोजनबाट चल्ने सवारीसाधनमा चढाउने कार्यक्रम रहेको पनि थापाले जानकारी दिनुभएको छ । केयुमा नमुनारूपमा ग्रिन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनले व्यवसायीले ग्रिन हाइड्रोजनको व्यापारिक उत्पादनमा भविष्य देख्ने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
उद्घाटनपछि केयुसँग भएको हाइड्रोजन गाडी हाइड्रोजन इन्धनको प्रवद्र्धन गर्न विभिन्न स्थलमा लगेर प्रदर्शनीमा राखिने थापाले बताउनुभएको छ । वैशाखमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पोमा पनि हाइड्रोजन गाडी प्रदर्शनमा राख्ने र एक्स्पो उद्घाटनका दिन राष्ट्रपति रामचन्द्र पौडेललाई हाइड्रोजन गाडी चढाउने केयुको तयारी छ । ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन प्रवद्र्धन गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेता, सभामुखलगायतलाई पनि हाइड्रोजन गाडी चढाइने थापाले जानकारी दिनुभएको छ ।
सरकारले ग्रिन हाइड्रोजनको व्यापारिक उत्पादनमा निजी क्षेत्रको लगानी भिœयाउन ग्रिन हाइड्रोजन नीति २०८० पनि जारी गरिसकेको छ । ग्रिन हाइड्रोजनको व्यापारिक उत्पादनमा चाँडोभन्दा चाँडो जान कार्यविधि तयार गरी संस्थागत संरचना निर्माण गरिनुपर्नेमा केयुले जोड दिँदै आएको छ । व्यापारिकरूपमा ग्रिन हाइड्रोजन उत्पादन गर्न ‘ट्याक्स क्लियरेन्स’ भण्डारण तथा रिफ्युलिङ स्टेसनको अनुमतिका लागि कार्यविधि आवश्यक हुन्छ ।
केयुले मझौला किसिमको ३० देखि ३५ वटा गाडी प्रत्येक दिन रिफ्युल गर्न सकिने पाइलट स्केलको कमर्सियल रिफ्युलिङ स्टेसनको डिजाइनसमेत तयार गरेको छ । त्यस्तो पाइलट प्रोजेक्ट काठमाडौं, पोखरा, विराटनगर, हेटौंडा, भरतपुरलगायत मुख्य शहरमा निर्माण गर्दै हाइड्रोजन गाडीको संख्या बढाउँदै लैजानुपर्नेमा केयुको जोड रहेको छ । ग्रिन हाइड्रोजन प्रयोगमा आए पेट्रोलियम पदार्थ विस्थापित हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच