शारीरिक विकासका लागि बच्चालाई अण्डा

हिमालय टाइम्स कालिकोट, संवाददाता

AI generated photo

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । विश्व स्वास्थ्य संगठनले आफ्ना छोरा छोरीको बढी भन्दा बढी शारिरिक विकास तथा राम्रो स्वास्थ्य सुनिश्चित गर्न जन्मेको पहिलो ६ महिना आमाको दुध खुवाउनुपर्ने सुझाव दिने गरेको छ।

पहिलो छ महिनापछि नवजात शिशुहरुलाई अन्य पोषणयुक्त खानेकुरा खुवाउन सकिने र दुई वर्षसम्म वा त्यसपछि पनि स्तनपान गराइरहन सकिने उसको सुझाव छ।

ब्रिटेनको पोषण हेर्ने एउटा निकायले अन्डा पोषणयुक्त खानेकुरा भएपनि बालबालिकाहरुले विभिन्न प्रकृतिका पोषणयुक्त आहारा खान पाउनुपर्ने उल्लेख गरेको छ।

बच्चाले वयस्क सरह खानेकुरा खान थालेपछी (१ वर्ष पूरा भएपछी) दिनको १ वटासम्म अण्डालाई संतुलित आहारको भाग बनाउन सकिन्छ। सेतो भागमा प्रोटीन मात्र हुन्छ भने पहेलो भागमा भिटामिन र खनिज तत्व हुन्छ त्यसैले दुबै भाग खुवाउनुपर्छ।

अण्डाको सेवनले बालबालिकाको शारीरिक र मानसिक विकास राम्रो हुन्छ । तर बच्चाहरूले अण्डा कहिले र कसरी खाने भन्ने कुरामा अभिभावकहरू प्रायः अलमलमा हुन्छन् । कुन उमेरका साना बालबालिकालाई अण्डा खुवाउने र अण्डा खुवाउने विधि कस्तो हुनुपर्छ सबैकाे जिज्ञासा हुनसक्छ ।

६ महिनाको पुगेपछि, बच्चाहरूलाई आइरनको उच्च आवश्यकता हुन्छ । आमाको दूधले मात्र उनीहरुरूको पौष्टिक आवश्यतकताहरूलाई पूरा गर्न सक्दैन । आमाको दूध वा नवजान शिशुको फर्मुलाबाहेक, बच्चाहरूको वृद्धि र विकासलाई समर्थन गर्नको लागि विभिन्न पौष्टिक तत्त्वहरू उपलब्ध गराउन विभिन्न प्रकारका खानाहरू आवश्यक हुन्छ।

ADVERTISEMENT

जब तपाईँ बच्चालाई अण्डा खुवाउन थाल्नुहुन्छ सबैभन्दा पहिले यसको पहेँलो भाग खुवाउनुहोस् । पहेँलो भागलाई लगातार तीन दिनसम्म खुवाएपछि बच्चालाई कुनै प्रकारको एलर्जी छ कि छैन जाँच गर्नुहोस् । केही बालबालिकामा छालामा दागहरू देखिने त केही अन्य लक्षणहरू देखिन सक्छन् । यदि बच्चालाई पहेँलो भाग खुवाउँदा कुनै लक्षण नदेखिएमा केही दिनपछि अण्डाको माथिल्लो सेतो भाग खुवाउन सक्नुहुन्छ ।

एउटा अध्ययनले दैनिक एउटा अन्डा खाँदा त्यसले कुपोषणग्रस्त नवजात शिशुहरुलाई स्वस्थ उचाई हासिल गर्न सहयोग गर्नसक्ने देखाएको छ।

कम उसिनेको अर्थात 'सफ्ट वोइल्ड' वा बढी उसिनिएको 'हार्ड बोइल्ड' अथावा 'फ्राइ' गरिएको वा अमलेट बनाइएको अन्डाले कलिला बालबालिकालाई शक्ति दिने जस्तो देखिएको उक्त अध्ययनको निचोड छ।

'पेडिएट्रिक्स' नामक जर्नलमा प्रकाशित एउटा लेखमा अन्डा खानु होचोपन नियन्त्रणको सबैभन्दा सस्तो विधि हुनसक्ने उल्लेख गरिएको छ।

  • पत्रपत्रिकाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?