काठमाडौं । पुदिनाका पातहरू आफ्नो ताजा सुगन्ध र शीतल प्रभावका लागि प्रसिद्ध छन्। नेपालका सबै जसो ठाउँमा पुदिना पाइन्छ । पुदिनलाई हरेक दिन आफ्नो खानामा समावेश गर्न सके शरीरलाई फाइदा नै फाइदा हुने डाक्टरहरु बताउँछन् ।
डाक्टहरुका अनुसार पुदिनाको प्रयोग गर्दा यस्को मात्रामा ख्याल गर्नुपर्छ । धेरै खायो भने जेपनि हानिकार हुन्छ । जब तपाई पुदिना पातहरू प्रयोग गर्नुहुन्छ कति मात्रामा प्रयोग गरिरहनुभएको छ भन्ने कुरामा विशेष ध्यान दिनुहोस्।
किनकि कुनै पनि कुराको मात्रा बढी खानु हानिकारक हुन सक्छ। यसलाई चियामा छर्कन वा चियामा मिसाएर वा खानामा प्रयोग गर्न सकिन्छ। पुदिनाको पातको अत्यधिक प्रयोग हानिकारक हुन सक्छ।
पुदिनाले पाचन प्रणालीमा सुधारका साथसाथै पेटसम्बन्धी समस्यालाई पनि हटाउँछ । पाचन प्रणालीको मांसपेशीलाई आराम दिनुका साथै अपचको समस्यालाई पनि कम गर्छ।
सास गन्हाउने समस्या भएकाहरूले यसलाई चुइङगमको रूपमा प्रयोग गर्न सक्छन्। यसले प्राकृतिक तरिकाले श्वासप्रश्वाससम्बन्धी रोगबाट राहत दिन्छ।
पुदिनामा एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ । यसले शरीरमा फ्री रेडिकलसँग लड्न मद्दत गर्छ। भनिन्छ, पुदिनाको सुगन्ध यति बलियो हुन्छ कि यसले मस्तिष्कलाई समेत सक्रिय बनाउँछ। जसका कारण यसले तपाईंलाई फोकस र सकारात्मक राख्छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements