काठमाडौं । लागू औषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीसँग ३० हजार घुस लिने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरीमा तत्कालीन कार्यरत सई साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० लाख लिइसकेको अवस्थामा आयोगले रंगेहात पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको देखिँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिई विशेषमा मुद्दा दायर गरिएको हो ।
नेवानीका विमान चालककै शैक्षिक प्रमाणपत्र नक्कली
नेपाल वायुसेवा निगमका चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कल भएको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेनमा नियुक्त भइ आठौं तहमा विमान चालकमा बढुवा भएका चालक शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि अनुसन्धान गर्दा पेस गरेको प्रमाणपत्र नक्कली भएको पाइएको अख्तियारले जनाएको छ ।
उनले भारतको सेकेन्डरी एजुकेशन काउन्सिल उत्तर प्रदेश अन्तर्गत भिएकजे इन्टर कलेज सराहरी गोरखपुरबाट प्रविणतापत्र तह (२००३) प्रभाइभेट परीक्षा प्रथम श्रेणीमा उत्तीर्णसहितको जुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालकको हैसियतमा लाभ लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको हो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५१ को दफा १६ को उपदफा १ बमोजिम सजाय हुन मागदाबी लिए बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता