अख्तियारद्वारा त्रियुगाका तत्कालीन नगरप्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर गरेको छ । ढुंगा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन, संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा बदनियतपूर्वक राजस्व छली गरेको आरोपमा तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

राजस्व चुहावटमा संलग्न रहेको आरोपमा आयोगले चौधरीसहित त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज