अख्तियारद्वारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पालिकाको वडा नम्बर ८ कचोर्वास्थित जनता माध्यामिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनीसहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीलगायतले भुक्तानीको लागि स्वीकृत भएभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ उपभोक्ता समितिलाई दिएको अख्तियारको ठहर छ । अख्तियारले मरासेनी र चौधरीलाई ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो कायमगरी असुल उपर हुन मागदाबी गरेको छ ।

ADVERTISEMENT

त्यस्तै भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवविरुद्ध पनि सोही बिगो कायमगरी आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज