भोजपुर बिहानी कप फुटवल : सिद्धकाली, विद्योदय, पञ्चकन्या र सगरमाथा सेमिफाइनल प्रवेश

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बुधवारबाट जारी अन्तर बिद्यालय स्तरीय बिहानी कप फुटवल प्रतियोगितामा चार बिद्यालय सेमिफाइनल प्रवेश गरेका छन । शुक्रवार ती बिद्यालयहरु बीच सेमिफाइनल खेलहरु हुने छन् ।

बिहानी फुटवल क्लवको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको संयोजनमा जारी प्रतियोगितामा पहिलो सेमिफाइनल खेल बिद्योदय मावि भोजपुर र पञ्चकन्या मावि बोखिमका बीचमा हुने छ भने दोश्रो खेल सिद्धकाली इङलिस बोर्डिङ स्कुल भोजपुर र सगरमाथा इङलिस बोर्डिङ स्कुल भोजपुरको बीच हुने भोजपुर जिल्ला फुटवल संघका प्रशिक्षक बिनम श्रेष्ठले जानकारी दिनुभयो ।

बिहिवार भएको पहिलो क्वाटर फाइनल खेलमा सिंहदेबी माविलाई हराउँदै बिद्योदय, दोश्रो खेलमा अन्नपूर्ण बागधन रणदिपा मावि अन्नपूर्णलाई हराउँदै सिद्धकाली तेश्रो खेलमा सिद्धेश्वर मावि दाँवालाई पराजित गर्दे पञ्चकन्या र चौथो खेलमा जनसेवा आविलाई हराउँदै सगरमाथाले सेमिफाइनल खेलका यात्रा तय गरेको छ ।

आगामी ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले नगद २० हजार, नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन भने बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा १४ वटा बिद्यालयको सहभागिता रहेको थियो । जसमा लक्ष्मी मावि आम्तेक, सिंहदेवी माबि हेलौछा, बिद्योदय माबि भोजपुर, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी भोजपुर, सिद्धेश्वर मावि दावा, सिद्धकाली इङलिस बोर्डिङ स्कुल भोजपुर, जनसेवा आबि भोजपुर, भोजपुर एकेडेमी, अन्नपूर्ण बागधन रणदिपा मावि अन्नपूर्ण, जाल्पा मावि भैसिपंखा, पञ्चकन्या मावि बोखिम, सगरमाथा इङलिस बोर्डिङ स्कुल भोजपुर, यसोधरा मावि टक्सार र जनकल्याण मावि आम्तेकको टिमले सहभागिता जनाएको आयोजक बिहानी फुटवल क्लवका अध्यक्ष रिपेश भुजेलले बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?