काठमाडौं । आइतबार संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
यस्तै, विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा समाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत मन्त्रीहरूले जवाफ दिनुहुने छ ।
यता राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts