नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली आज (बुधबार) स्वदेश फर्कदैछ।

भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह साढे १२ बजे स्वदेश फर्किन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सो टोलीको भब्य स्वागत गरिने छ ।

ADVERTISEMENT

समूह ‘ए’ मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग २३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले सबैको मन जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?