काठमाडौं । हिमाल वाटर पार्क भिलेज होटल प्रालिले आइपिओ निष्कासन गर्ने भएको छ । जसका लागि कुमारी क्यापिटलसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरेको छ । हिमाल वाटर पार्क भिलेज होटललाई आइपिओ जारी गरी सूचीकरणको चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटलका सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ ।
हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालि भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइजअन्तर्गत रहेको छ । हाल परिवर्तित गण्डक, वहुवरी १४ वीरगञ्ज महानगरपालिकामा अवस्थित होटलले सुइट डिलक्स एक्जिक्युटिभ प्रेसिडेन्सियल सुइट गरी ६० सुविधा सम्पन्न कोठाका साथै जिम, क्यासिनो, स्विमिङ पुललगायतका सेवा प्रदान गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता