पीएसजीको जितमा एमबाप्पेको दुई गोल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । केलियन एमबाप्पे चम्किएको खेलमा पीएसजीले जित निकालेको हो । ।

शनिबार राति भएको खेलमा एमबाप्पेले दुई गोल गरेका थिए । जसमा पीएसजीले लेन्सलाई ३-१ गोल अन्तरले हराएको थियो । पीएसजीले लिग वानमा पहिलो जित दर्ता गरेको हो ।

ADVERTISEMENT

मार्केस एसेन्सियोले पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि एमबाप्पेले ५२ औं र ९० औं मिनेटमा लगातार दुई गोल गरे ।

खेल सकिन अन्तिम समयमा लेन्सका लागि मार्गान गुइलावोगुईले एक गोल फर्काएका थिए । पीएसजीको तीन खेलबाट पाँच अंक भएको छ । लेन्सको एक अंक छ । यसअघिको लगातार दुई खेलमा पीएसजीले बराबरीको नतिजा निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?