काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । केलियन एमबाप्पे चम्किएको खेलमा पीएसजीले जित निकालेको हो । ।
शनिबार राति भएको खेलमा एमबाप्पेले दुई गोल गरेका थिए । जसमा पीएसजीले लेन्सलाई ३-१ गोल अन्तरले हराएको थियो । पीएसजीले लिग वानमा पहिलो जित दर्ता गरेको हो ।
मार्केस एसेन्सियोले पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि एमबाप्पेले ५२ औं र ९० औं मिनेटमा लगातार दुई गोल गरे ।
खेल सकिन अन्तिम समयमा लेन्सका लागि मार्गान गुइलावोगुईले एक गोल फर्काएका थिए । पीएसजीको तीन खेलबाट पाँच अंक भएको छ । लेन्सको एक अंक छ । यसअघिको लगातार दुई खेलमा पीएसजीले बराबरीको नतिजा निकालेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts