काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणअन्तर्गत भुटानको पारो एफसीबीचको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडको कप्तानी रक्षक अनन्त तामाङले गर्ने हुनुभएको छ ।
चर्च ब्वाइजले बुधबार सामाजिक सञ्जालमार्फत् दशरथ रंगशालामा हुने खेलका लागि अनन्तलाई कप्तानीको जिम्मेवारी दिइएको बताएको हो । अगस्ट १३ मा हुने यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ । यसैगरी क्लबले तीन विदेशी खेलाडीलाई पनि भित्र्याउने प्रयास भइरहेको जनाएको छ ।
मुख्य प्रतियोगिता अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एण्ड अवे’ का आधारमा हुनेछन् । प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्यूनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts