अख्तियारद्वारा अकुत सम्पत्ति आर्जन गर्ने कृष्णनगरका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौ तहका कर्मचारी साकिर अहमदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार अहमदले श्रोत नखुल्ने सम्पत्ति श्रीमती नुर जहाँ र छोरा साजन शाहसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीहरूमा लगानी गरेका थिए ।

अख्तियारले अहमदसँगै उनकी श्रीमती नुर जहाँ र साजन शाहलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफतको मागदाबीसहित मुद्दा दायर गरेको छ ।

ADVERTISEMENT

अहमदको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको तथा वैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको अहमद र उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवन यापन गरेको प्रमाणित हुन आएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अहमदले सरकारी सेवा प्रवेश गरेको मिति २०४८ माघ १५ गतेदेखि २०७८ असोज ३० गतेसम्मको आय तथा खर्चको विश्लेषण गर्दा उक्त रकम स्रोत नखुलेको गैरकानूनी रहेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *