काठमाडौं । नेपाल बैंक लिमिटेड र क्रिस्टल डायग्नोस्टिकबीच सहकार्य सम्झौता भएको छ । शुक्रबार उक्त बैंकमा कार्यरत कर्मचारी र बैंक ग्राहकलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुटसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंक ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट हुनेछ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकका प्रबन्ध निर्देशक रविन्द्र केसीले हस्ताक्षर गर्नुभएको छ ।
बैंक कर्मचारी र ग्राहकहरू अस्पतालबाट प्रदान गरिने जेनेरल प्याथोलोजी टेस्ट, मोलेक्युलर टेस्ट, आउटसोर्सिङ टेस्ट, युएसजी, इसिजी, इसिएचओ, एक्स रे लयायतका स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने बैैंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts