काठमाडौं । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबलको तयारी सुरु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको नेपाल फुटबल महिला संघले एन्फालाई ध्यानाकर्षण पत्र बुझाएको छ । असार २८ र ३१ गते नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच बंगलादेशमा मैत्रीपूर्ण खेल हुने तय भएको छ । असोज ६ गतेदेखि चीनमा हुने एसियाली खेलकुद (एसियाड) का लागि तयारी जारी रहँदा मैत्रीपूर्ण खेलका लागि भने तयारी सुरु हुन सकेको छैन ।
एसियाडका लागि बालगोपाल महर्जनले महिला टोलीलाई प्रशिक्षण दिइरहनुभएको छ । उहाँलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) एसियाडको टोली हेर्ने जिम्मेवारी दिइएको हो । अर्कोतर्फ एन्फाले अनन्तराज थापालाई मैत्रीपूर्ण फुटबलको तयारी गर्न निर्देशन दिएको छ । आइतबारदेखि मैत्रीपूर्ण खेलका लागि तयारी गर्ने भनिए पनि राष्ट्रिय टोलीमा रहेका एपिएफका ११ खेलाडीले भाग नलिएपछि बंगलादेशविरुद्धका लागि तयारी सुरु हुन सकेको छैन ।
महिला संघले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चाँडोभन्दा चाँडो विवादको समाधान गर्न एन्फालाई आग्रह गरेको छ । महिला संघले भनेको छ, ‘खेल्न पाउनु खेलाडीको अधिकार हो र यो अधिकारको संरक्षण गर्नु एन्फाको दायित्व हो । अहिले देखिएको अन्योलको अन्त्य गर्दै एपिएफका खेलाडीलाई यथाशीघ्र राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किने वातावरण मिलाउन एन्फा नेतृत्वलाई आग्रह गर्दछौँ ।’
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ संघीय राजधानीबाहिर र महासचिव किरण राई देशबाहिर रहेकाले महिला संघकी अध्यक्षसमेत रहनुभएकी पेमा डोल्मा लामाले संघको ध्यानाकर्षण पत्र बुधबार एन्फा प्रवक्ता सुरेश शाहलाई बुझाउनुभएको थियो ।
संघले अगाडि भनेको छ, ‘एपिएफका खेलाडी चीनमा हुने एसियाली खेलकुदको तयारीमा समावेश हुनु तर बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलका लागि भइरहेको बन्द प्रशिक्षणमा नहुनुले केही समस्या रहेको अनुभूति भइरहेको छ । त्यसैले यसको तत्काल निवारण गरी एन्फाले खेलाडीलाई खेलमा फर्काउन पहल गर्नुपर्ने आवश्यक देखिएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच