नेफ्स्कुन साकोस अभियानको नेतृत्वमा चुक्यो : वरिष्ठ उपाध्यक्ष ढकाल

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेफ्स्कुनले सबै बचत ऋण सहकारी संस्थाको नेतृत्व गर्न नसकेको बताउनुभएको छ । तम्घासमा बचत तथा ऋण सहकारी संघ लिमिटेड गुल्मीका नवनिर्वाचित पदाधिकारीसँगको अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कुन बचत तथा ऋणको उद्देश्य राखेर दर्ता भएका सबै प्रारम्भिक संस्थाहरुको अभिभावकीय संस्था भएपनि सबै बचत ऋण सहकारी संस्थाको नेतृत्व गर्न नसकेको बताउनुभयो । नेतृत्वतहबाट पछिल्लोपटक देखिएको अस्वस्थताले सहकारीमा नकरात्मकता छाएको र सहकारीका साधारण सदस्यहरुले अपेक्षा गरेका विषयहरु नेफ्स्कुनले मिलाउन नसकेको उहाँले बताउनुभयो ।

सहकारी ऐन ०७४/७५ आइसकेपछि लक्षित गरेका कार्यक्रमहरु कार्यान्वयन गराउनलाई ऐन कार्यान्वयन नहुँदा दुविधा उत्पन्न भएको भन्दै ऐनले जुन रुप धारण गर्नुपथ्र्यो धारण गर्न नसकेको बताउनुभयो । विगतको पाँच वर्ष सहकारी र स्थानीय सरकारबीचको सम्बन्ध शुन्यता जस्तै रहेको बताउनुभयो । सहकारी भित्रको अन्तिम लक्ष्य नै समृद्धि प्राप्ति हो । सहकारीमा आबद्ध सदस्यहरुलाई सहकारीकर्मी बन्न उहाँले आग्रह गर्नुभयो ।

ADVERTISEMENT

पछिल्लो पटक केन्द्रबाट कार्यक्रम सञ्चालन गरिँदा तल्लोतहसम्म पुग्न नसकेको भन्दै सहकारीका सदस्य संस्था र केन्द्रबीचको ग्याबिङ्ग देखिएको बताउनुभयो । पोल्टिकल बायसनेशले पनि सहकारीमा समस्या भएको टिप्पणी गर्नुभयो । त्यस्तै, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले प्रदेशमा ७३ संस्था आबद्ध रहेको जानकारी गराउँदै यस जिल्लाबाट सदस्य संस्था जोड्न सके आगामी दिनमा प्रदेशले यहाँका सहकारीहरुको स्तरोन्नती र वृद्धि विकासका लागि तालिमको आयोजना गर्ने बताउनुभयो । नियमित बचतलाई जोड दिन आग्रह गर्दै गुणस्तरीय र विश्वासिलो सेवा पु¥याउन समेत आग्रह गर्नुभयो ।

सहकारी अभियान्ता यमबहादुर थापाले अनियमितता भएका संस्थामा नेफ्स्कुनले किन हेर्न सकिरहेको छैन् भन्दै प्रश्न गर्नुभयो । गुल्मी युनाइटेडका कार्यवाहक अध्यक्ष रामप्रसाद पन्थी, लेकाली साकोसका अध्यक्ष गोपाल पन्थी, सचिव श्यामलाल कुँवरले नेफ्स्कुनबाट नियमन, अनुगमन गर्ने कार्य फितलो भएको बताउनुभयो । बचत तथा ऋण सहकारी संघ लिमिटेड गुल्मीका नवनिर्वाचित अध्यक्ष श्यामकुमार पाण्डलेले यहाँका सहकारीहरु नीति विधि र प्रविधिअनुसार सञ्चालनमा रहेको बताउँदै संस्थाहरुको वृद्धि विकासका लागि तालिमको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज