काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित नापी कार्यालय मनमैजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ७५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ परेका उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नापी सर्भेक्षक उपरकोटीले जग्गा कित्ताकाट गरी राजीनामा पास गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख ७५ हजार घुस माग गरी लेखापढी व्यवसायी कार्कीमार्फत लिन लगाएका थिए । दुवै जनाविरुद्ध एक लाख ७५ हजार रुपैयाँ बिगो र जरिवाना माग गरिएको उहाँले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts