अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंको फैसलाउपर सर्वोच्चमा पुनरावेदन गरेको छ ।

सप्तरी राजविराज नगरपालिका भित्रको सडकको दायाँबाँया बृक्षारोपण तथा तारजाली निर्माणको रकममा हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

प्रतिवादी सत्यजीव कुमार सिंह, टुनालाल कर्ण, शीतल रिमाल, सुचना तिमिल्सिना, घनश्याम झा र ललित नारायण झा उपर २०७९–०९–०१ गते विशेष अदालत काठमाडौंबाट भएको फैसला चित्त नबुझि आयोगले सर्वाच्चमा पुनरावेदन गरेको आयोगका प्रवक्ता भोला दाहाल जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसमा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा रहेको अख्तियारका प्रवक्ता  दाहालले जानकारी दिनुभयाे । अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध यसअघि पनि दर्जनौँ मुद्दाहरु पुनरावेदन गरिसकेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत समेतको मिलेमतोमा निज प्रतिवादीहरुले सरकारी रकम हिनामिना गरेको भन्दै सत्यजीव कुमार सिंह माथि १७,७५,७४२, शीतल रिमालमाथि ७, ८६२८७ सूचना तिमिल्सिना माथि ७,८६ २८७ टुनालाल कर्ण माथि ७,८६ २८७ तथा घनश्याम झा माथि १७,७५ ७४२ रुपैयाँको विगो दाबी गरिएको छ ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?