काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानज आयोगले विशेष अदालतबाट भएको फैसलाउपर चित नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादी प्रतिवादीहरू भूमिसुधार तथा मालपोत कार्यालय, बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्री र ना.सु.रूद्रसेन साहुसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
यस्तै आयोगले आइतबार प्रतिवादी प्रतिवादीहरू अरविन्दकुमार चौधरी, श्यामसुन्दर यादव, श्यामप्रसाद यादव र सुजन दाहालसमेत रहेको भ्रष्टाचार मुद्दामा पनि विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा अदालतमा पुनरावेदन गरेको छ ।
त्यसैगरी आयोगले प्रतिवादी अंगदबहादुर शाही र गोविन्द खनालले मेडिकल सामग्रीहरू खरिद गरेको भनी झुट्टा बिल भरपाइ कागजातहरू तयार गरी भुक्तानी लिनुदिनु गरेको विषयमा पनि आइतरबार सर्वोच्चमा अदालतमा पुनरावेदन गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता