भोजपुर । भोजपुर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर भित्रका आठ वटा विद्यालयहरुको सहभागितामा शुक्रवारबाट पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
भोजपुरको रंगशालामा सुरु पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले गर्नु भयो । आगामी माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्ला भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागितामा प्रतियोगिता संचालनहुने छ ।
प्रतियोगिताअन्तर्गत छात्रछात्रा भलिवल, कवड्डी, एथेलेटिक्स तर्फ दौड, मार्सल आर्ट, उसुलगायतका खेलहरु संचालन हुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts