काठमाडौं । अख्तियार अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईसमेत चार जना उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।
‘जिल्ला पर्सा अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी विक्रीसमेत गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत अर्याल र तत्कालीन नायव सुब्बा भट्टराईले जिल्ला पर्सा साविक अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को ऐलानी÷सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिई ऐलानी/सार्वजनिक जग्गा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यबाट नेपाल सरकारलाई हानी पुर्याएको पुष्टि भएको हुँदा निज पदम प्रसाद अर्याल र लेखनाथ भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही दफा ९ बमोजिम कैद र जरिवानाको मागदावी लिइएको छ’, अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिइको छ ।
साथै जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. २ बस्ने ज्याउल हक र एसानुल हक राकीले जिल्ला पर्सा साविक अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को ऐलानी/सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात वेगर राजीनामा लिखत पारित गर्ने कार्यमा प्रतिवादी पदम प्रसाद अर्याल र लेखनाथ भट्टराईलाई सहयोग गरी आफूहरुले ऐलानी÷सार्वजनिक जग्गा अनाधिकृतरुपमा भोगचलन गर्ने मनसायले राजीनामा लिखत पारित गराई लिएको तर घरमात्र राजीनामा लिखत पारित गर्ने कुनै कानूनी व्यवस्था नरहेकोमा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाईदा लिई नेपाल सरकारलाई हानी पुर्याएको पुष्टि भएको हुँदा निजहरु ज्याउल हक र एसानुल हक राकीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ वमोजिम गलत लिखत तयार गर्ने कसुरको मतियारको रुपमा कार्य गरेको देखिएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम कसुर गर्ने व्यक्तिसरह नै सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts