पँधेरोमा अझै हटेन विभेद

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । चार वर्ष अगाडि डहरे गाउँमा खानेपानीको निकै समस्या थियो । एउटै धारोबाट धेरै परिवारले पानी उपभोग गर्दै आएका थिए । अहिले यस गाउँका घर-घरमा धारा बनेका छन् । केही स्थानीयले सामुहिक रुपमै धारो प्रयोग गर्दै आएका छन् । सामुहिक रुपमा पानी भर्दा यहाँका दलित समुदायमाथि जातीय छुवाछुत र विभेद हुँदै आएको छ । दलित, क्षेत्री तथा ब्रह्मण समुदायको बसोबार रहेको काठेखोला गाउँपालिका-२ डहरे गाउँका दलित समुदायले अहिले पनि जातीय विभेदमा परेको गुनासो गर्दै आएका छन् ।

बाक्लो बस्ती रहेको यस गाउँमा माथिल्लो पट्टी दलित समुदाय र तल पट्टी ब्राह्माण र क्षेत्री समुदायको बस्ती छ । गाउँमा धारो बन्नुभन्दा पहिले नजिकैको चौरको पँधेरो र काँसी पँधेरोबाट पानी ल्याएर उपभोग गरेका स्थानीयलाई अहिले खानेपानीको त सहज भएको छ तर दलित समुदायिमाथि हुने विभेद भने उस्तै छ । जसले गर्दा उनीहरु छिमेकीको धारोमा पानी भर्नसमेत जाँदैनन् । पहिलेको तुलनामा अहिले केही धेरै सहज भए पनि आफूहरुमाथि हुने छुवाछुत यथावत् रहेको स्थानीय रितु किसान बताउनुहुन्छ ।

उहाँले पहिले-पहिले खानेपानीको समस्या हुने गरेको सुनाउँदै गाग्री छोइएको भन्दै झगडासमेत हुने गरेको बताउनुभयो । आँगनमै पानीको धारो बनेपछि झगडा हुन छोडेको किसानको भनाई छ । उहाँले भन्नुभयो- “यहाँ धारो नबन्दा धेरै घरकाले एउटै धारोमा पानी थाप्ने गर्थ्याैं, सँगै पानी भर्दा कहिले काहीँ अरुको गाग्री छोइन्थ्यो, गाग्री छोइदिस् भनेर गाली गर्ने, झगडा गर्ने, भरिएको गाग्रीको पानी पोखेर छिटो हालेर चोख्याउने गर्नु हुन्थ्यो, त्यो त अहिले पनि गर्नु हुन्छ, धेरै विभेद छ यहाँ ।”

ADVERTISEMENT

चार वर्ष अगाडि फिलेन्स र नेपाल सरकारको सहयोगमा गाउँमा धाराहरु निर्माण भएपछि स्थानीयलाई अहिले पानी भर्न समस्या छैन । यस गाउँमा ७८ घर परिवार छन्, केही घरमा बाहेक तीन परिवारले एउटा धारो प्रयोग गर्दै आएका छन् । गाउँमा ३८ लाख लागतमा पानी ल्याइएको स्थानीय छक बहादुर किसानको भनाई छ । उहाँले खानेपानी घर-घरमा आएपछि स्थानीयको दैनिक फेरिएको बताउनुभयो ।

गाउँमा खानेपानीको सहज पहुँच नहुँदा सरसफाइ र दैनिकी क्रियाकलाप गर्न निकै समस्या हुने गरेको भन्दै अहिले त्यो समस्या समाधान भएको उहाँ बताउनुहुन्छ । पहिले एउटा धारोको पानी १०/१५ घर परिवारले उपभोग गर्नु परेको स्मरण गर्नुभयो । “गाउँमा खानेपानीको समस्या समाधान भएको छ, पशुचौपायालाई प्रसस्त खुवाउन पाइन्छ, बारीमा लगाउन र नुवाई धुवाई गर्न पनि सजिलो भएको छ” किसानले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज