दूर दराजमा केन्द्रीय प्रशारण लाइन विस्तार गरिँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । नेपाल विद्युत प्राधिकरण बागलुङले जिल्लाको दूर दराजसम्म केन्द्रीय प्रशारण लाइन विस्तार गर्न थालेको छ । अहिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रशारण लाइन विस्तार गर्न थालिएको हो ।

अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रशारण लाइन जोड्न थालिएको विद्युत प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगि रहेको उहाँको भनाइ छ ।

जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रशारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युतको प्रयोग गर्दै आएको प्रमुख पौडेल बताउनुहुन्छ । बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युतको पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्ला भर केन्द्रीय विद्युत विस्तारका लागि रु १४ करोड लागतमा नौ वटा ठेक्का लगाएर काम गरि रहेको उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रमुख पौडले भन्नुभयो - “बागलुङ जिल्लालाई चालु आर्थिक वर्ष भित्रै पूर्ण विद्युतीकरण गर्ने गरि काम गरि रहेका छौँ, अहिले पश्चिम बागलुङलाई प्राथमिकता दिएर काम गरि रहेका छौँ, ढोरपाटन सिकार आरक्षदेखि निसीखोलाको माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्ने काम भएको छ, त्योसँगै यस वर्ष घर, जंगलको नजिक रहेका ठाउँमा नाङ्गो तार हटाएर कालो ताल हाल्ने, जैमिनी नगरपालिकालाई छुट्टै फिडर बनाएर लाइन दिने काम भइरहेको छ ।”

जिल्लामा ९८ वटा लघु जलविद्युत आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्बित भए पनि निसीखोला गाउँपालिका-६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत र केन्द्रीय प्रशारण लाइन कुनै पनि पुग्न सकेको छैन । विद्युतको सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताउनुभयो । विद्युत नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्यग संचालन गर्न नपाएको उहाँले गुनासो पोख्नुभयो ।

“सबै ठाउँमा बिजुली बत्यो, हाम्रो गाउँमा अहिलेसम्म पनि लाइन आएको छैन, एउटा मोबाइल चार्ज गर्नका लागि दुई/तीन घण्टा हिँडेर ढोरपाटन पुग्नु पर्छ” रसाइलीले भन्नुभयो - “अहिले पनि दियालो र टुकी बालेर रात कटाउनु पर्छ, लाइन ल्याउनका लागि पोल त गाडेका छन् तर कहिले आउने हो अत्तोपत्तो छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज