काठमाडौं । कला क्षेत्रको मोह यस्तो मोह हो विश्वका कुनै पनि कुनामा पुगे पनि यो मोहले छोड्दैन । लामो समय मलेसिया बस्दै आउनुभएका चन्दन ज्यसवाल नेपाली कलाकारिताको मोहले यस क्षेत्रमा प्रवेश गर्नुभएको हो ।
टिकटक हुँदै नेपाली म्युजिक भिडियोमार्फत अभिनय यात्रा थालनी गर्नुभएका ज्यसवालले छोटो समयमा आधा दर्जन जति म्युजिक भिडियोमा काम गर्नुभएको छ । होटल व्यवसायीसमेत रहनुभएका चन्दनले छिट्टै भोजपुरी चलचित्रमा काम गर्ने तयारीमासमेत रहेको जानकारी गराउनुभयो ।
उहाँले हिन्दी नेपाली तथा भोजपुरी म्युजिक भिडियोमा काम गरिसक्नुभएको छ । अब ठूलो पर्दाका लागि तयारी गरिरहेको बताउने उहाँ निरन्तर नेपाली कला क्षेत्रमा काम गर्ने लक्ष्य बोक्नुभएको छ । दर्शक श्रोताको सुझाब अनुसार आफूमा अझै निखार ल्याउने उहाँ बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच