काठमाडौं । पारिजात स्मृति केन्द्र (काठमाडौं) र नेपाल वाङ्मय परिषद्ले धनगढी (कैलाली)को कैलाली जनपुस्तकालयमा ‘वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचार गोष्ठी आयोजना गरिएको छ । नेपाल वाङ्मय परिषद्, धनगढीका अध्यक्ष डा.पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा.राजेन्द्रप्रसाद अधिकारी हुनुहुन्थ्यो ।
समारोहमा समालोचक तेजविलास अधिकारीले वर्ग पक्षधरताका कोणबाट पारिजातका कविता शीर्षकमा विचारपत्र प्रस्तुत गर्नुभएको थियो । सो विचारपत्रमाथि समालोचक डा.इन्द्रबहादुर भण्डारीले टिप्पणी गर्नुभएको थियो । विचारपत्र प्रस्तुत गर्ने क्रममा समालोचक अधिकारीले पारिजातको कविता लेखनका विविध आयामको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले पारिजातका पछिल्ला कवितामा वर्ग पक्षधरता सघन रुपमा पाइने विचार व्यक्त गर्नुभएको थियो । विचारपत्रमाथि टिप्पणी गर्ने क्रममा समालोचक डा.इन्द्रबहादुर भण्डारीले यस विचारपत्रका उपलब्धि एवं सीमाका विषयमा चर्चा गर्नुभएको थियो ।
समारोहमा भाषा आयोगका सदस्य मातृका पोखरेल, पारिजात स्मृृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिना, प्रसिद्ध लेखक एवं परिषद्का सल्लाहकार श्रेष्ठ प्रिया पत्थर, सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठानका उपकुलपछि डा.टिएन जोशीले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमा प्रसिद्ध कलाकार राजकुमार जोशी, संस्कृतिकर्मी धर्मराज जोशी, जयदेव जोशी दार्चुले, कैलाली जनपुस्तकालयका कोषाध्यक्ष शेरसिंह खडका, कैलाली जनपुस्तकालय ग्रन्थपाल रघुनाथ जोशीलगायत पाँच दर्जन व्यक्तित्वको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले पारिजातले नेपाली साहित्यमा दिएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले पारिजात नेपाली साहित्यमा सर्वाधिक पढिने र अनुसन्धान गरिने स्रष्टा भएको विचार राख्नुभएको थियो । समारोहमा खेम बतास, लक्ष्मीप्रसाद पौडेल, सिर्जन श्री, सागर कुश्मी, नरेन्द्र गिरी, फाल्गुना दाहाल, सुनिल बुढा, रमेश पन्त मितबन्धु, हेमबाबु लेखक, सागर कुश्मी, कोपिला शर्मा, हर्क बोहरा, अञ्जना श्रेष्ठ, बाबुराम आचार्य, श्रेष्ठ प्रिया पत्थर लगायतले रचना वाचन गर्नुभएको थियो । संस्थाका सदस्य एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य जनक रसिक र संस्थाका सदस्य लक्ष्मीप्रसाद पौडेलले उद्घोषण गर्नुभएको सो समारोहमा संस्थाका उपाध्यक्ष बाबुराम आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा