ए डिभिजन लिगमा आज तीन खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । साबिक विजेता मच्छिन्द्र र पूर्व च्याम्पियन नेपाल पुलिस क्लब साँझ साढे पाँच बजे दशरथ रंगशालामा आमनेसामने हुँदैछन् ।

खराब लयमा रहेका दुवै टिमले जारी लिगमा अहिलेसम्म जित हात पार्न सकेका छैनन् । जारी लिगमा मात्रै एक गोल गरेको मच्छिन्द्र तीन खेलबाट एक अंक जोड्दै तालिकाको १३ औँ स्थानमा छ ।

यता लगातार तीन खेलमा पराजय बेहोरेका पुलिसले खाता खोल्न सकेको छैन । मंगलबार जित हात पार्ने टोली रेलिगेसन जोनभन्दा माथि उक्लनेछ ।

ADVERTISEMENT

दिउँसो साढे दुई बजे एन्फा कम्पलेक्समा संकटा र नवप्रवेश चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । बी डिभिजन च्याम्पियन चर्च ब्वाइज आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

संकटा क्लब दोस्रो जितको खोजीमा छ । सोही समयमा दशरथ रंगशालामा जावालाखेल युथ क्लब र फ्रेन्डस क्लब आमनेसामने हुनेछन् । जारी लिगमा अपराजित जावालाखेल लगातार तेस्रो जितको खोजीमा छ । यता रेलिगेसन जोन भन्दा वरिपरि रहेको फ्रेन्डस् पहिलो जितको खोजीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?