काठमाडौं । सरकारले क्रिकेट सन्दीप लामिछानेलाई भिसा दिने नदिने अधिकार नितान्त अमेरिकी दूतावासको भएको बताएको छ।
सरकारकी प्रवक्ता रहनुभएको रेखा शर्माले क्रिकेटर सन्दीप लामिछानेलाई सकारले पहल गरे पनि भिसा दिने नदिने अधिकार दूतावासको भएको बताउनु भयो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक जर्ने क्रममा पत्रकारसँग मन्त्रि शर्माले अझै सरकारले पहल गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सन्दीप लामिछानेलाई भिसा दिलाउन सरकारले पहल प्रयत्न गर्यो। अब अमेरिकाले भिसा दिएन। भिसा दिनु नदिनु उसको आफ्नो देशको कुरा पर्यो। यसमा सरकारको पहलकदमीको कुरा आफ्नो ठाउँमा छँदै छ। यो भिसा किन दिएन भनेर हामीले उत्तर दिने कुरा हो भन्ने लाग्दैन। यो सम्बन्धित देशकै कुरा हो। त्यो विषयमा थप पहल प्रयत्न भइरहेको छ, के हुन्छ हेरौँ।’
परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदासमेत अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो। गत बुधबार अन्तर्वार्ताका लागि दूतावासका पुगेका सन्दीपको दोस्रोपटक बिहिबार पनि भिसा 'रिजेक्ट' भएको थियो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts