बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एथ्लेटिको बिल्बाओलाई हराउँदै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ।

बार्सिलोनालाई जिताउन रफिन्हाले निर्णायक गोल गरेका हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सालाई सुरूआती अग्रता दिलाएका थिए।

उक्त अग्रता जोगाएको बार्सिलोनालाई जितका लागि पर्याप्त रह्यो। चोटबाट निको भएर टोलीमा फर्किएका बार्सिलोनाका शीर्ष गोलकर्ता रोबर्ट लेवान्डोस्कीले गोलको राम्रो मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

ADVERTISEMENT

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बिल्बाओका शक्तिशाली दुई प्रहार बार्सिलोनाका गोलकिपरले बिफल बनाइदिएका थिए। यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि आफ्नो अग्रता थप बलियो बनाएको छ।

रियलले शनिबार इस्पानियोललाई हराउँदै बार्सिलोनाको अग्रता ६ अंकमा छोट्याएको थियो। यी दुई प्रतिद्वन्द्वी आगामी आइतबार नाउ क्याम्पमा एल क्लासिकोमा भिड्दैछन्। पराजित बिल्बाओ सिजनको १० औं पराजयपछि नवौं स्थानमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?