काठमाडौं । जेसिज र सिर्जना ज्ञान सागर नवौँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । जेसिज सिनियर गल्र्स तथा सिर्जना ज्ञान सागर जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगेका छन् ।
सिनियर गल्र्समा जेसिजले केभिएसलाई २२-१७ ले पराजित गर्यो । जेसिजको जितमा विप्रिशा श्रेष्ठले २० अंक योगदान गर्नुभयो । विश्वास घलेको नौ अंक सहयोगमा सिर्जना ज्ञान सागरले पिपुल्स एकेडेमीलाई २१-१३ ले हरायो । सिनियर गल्र्समा स्वर्णिमले एलआरआईलाई १२-३ तथा रिब्सले द एक्सेल्सियर स्कुललाई १९-१२ ले पाखा लगायो । स्वर्णिमकी हिसी लामाले ६ तथा रिब्सकी खुसी अधिकारीले आठ स्कोर गर्नुभयो ।
सिनियर ब्वाइजमा आयोजक रेडियन्ट पब्लिकले सेबलाई ४०-३० ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । रेडियन्टका रोहित चौधरीले २० अंक जोड्नुभयो । जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) ले ओरेकल रेमाथि १८-९ को जित दर्ता गर्यो । इबिएका आदित्य श्रेष्ठले १२ अंक जोड्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता