विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी एक मुद्दामा सफाइ दिने विशेष अदलात, काठमाडौंको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । ६० हजार घुस लिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले ताराकुमारी श्रेष्ठ, अनिश जोशी र राम खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

ADVERTISEMENT

उनीहरूले भ्रष्टाचार गरेको कसुर पुष्टि हुने पर्याप्त आधार हुँदाहुँदै विशेष अदालतले सफाइ दिएको भन्दै आइतबार अख्तियारले सर्वोच्च अदालतमा मुद्दाको पुनरावेदन गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *