सुर्खेत । सुर्खेतमा एक युवा मृत भेटिएका छन् ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आउनुभएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला पर्नुभएको हो ।
उहाँ इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उहाँ वीरेन्द्रनगर १० मा बस्दै आउनुभएको थियो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






